सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै – अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि स्वदेश फर्कने नेपालीको सङ्ख्या ६ सय ५४ पुगेको छ । आज साेमवार एक सय ४९ जना नेपाल आइपुगेसँगै स्वदेश फर्कनेको सङ्ख्या ६ सय ५४ पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उद्धार गरी स्वदेश फर्काइएका उनीहरूलाई सामाखुसीमा रहेको होल्डिङ सेन्टरमा लगेर कोरोना परीक्षण लगायतका प्रक्रिया पूरा गरी घर पठाइन्छ । अफगानिस्तानबाट उद्धार भइ दोहा, दुबई, लन्डन, र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई पनि काठमाण्डौसम्म ल्याउन पहल भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरूलाई अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको छ । अहिलेसम्म तीन सय ६१ जनाले निवेदन दिएका र उनीहरूको उद्धारको प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ अनलाइन पोर्टलमा रहेको नामसहितको विवरण दर्ता गर्न विभागले भनेकाे छ । यसका लागि भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन मन्त्रालयले अनुरोध गरेकाे छ ।
नाम टिपाएकामध्ये उद्धार भइ सुरक्षित गन्तव्यमा पुगेपछि त्यसकाे जानकारी माथि उल्लेखित फोन नम्बरहरू, ह्वाट्सएप, भाइबर वा अनलाइन पोर्टलबाट दिन अनुरोध गरिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।