फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य, एलपी ग्यास प्रति-सिलिन्डर १४ सय ५० पुग्याे

 भदौ ७, २०७८ सोमबार २२:१५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । साेमवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल/मट्टीतेल र खाना पकाउने एलपी ग्यासकाे मूल्य बढाएकाे हाे । 

निगमले पेट्राेल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ बढाएकाे हाे । अब पेट्राेल प्रति लिटर एक सय ३० रुपैयाँ डिजल/मट्टीतेल प्रतिलिटर एक सय १३ रुपैयाँ कायम भएकाे छ । 

यस्तै खाना पकाउने एलपी ग्यासमा पनि निगमले प्रति सिलिन्डर २५ रुपैयाँ बढाएकाे छ । अब प्रति सिलिन्डरकाे मूल्य एक हजार चार सय ५० रुपैयाँ पुगेकाे छ । 

हवाई इन्धनमा आन्तरिकतर्फकाे मूल्य पनि प्रति लिटर दुई रुपैयाँले बढाइएकाे र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलाेलिटर अमेरिकी डलर १६ बढाएर नयाँ मूल्य सात सय ७० प्रति किलाेमिटर पुर्‍याएकाे निगमकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

निगमले इन्डियन आयल कर्पाेरेशनबाट प्राप्त मूल्य सूचीअनुसार पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गर्दै आइरहेकाे छ । 

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया