एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपालले अर्कै बाटाे तय गरिसकेकाे बताउनुभएकाे छ । माधव नेपालको साथ छाडेर मध्यमार्गी भूमिकामा बसेका नेताहरू अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा आज साेमवार भएको छलफलपछि प्रतिक्रिया दिँदै प्रवक्ता ज्ञवालीले यस्ताे बताउनुभएकाे हाे ।
पार्टी नै दर्ताकाे प्रकियामा पुगेकाे अवस्थामा माधव नेपाल एकतामा फर्किने विश्वास नभएकाे उहाँले बताउनुभयाे । ‘पार्टी नै दर्ताकाे अवस्थामा पुगिसकेके छ भने उहाँ एकतामा फर्किनुहुन्छ भन्ने विश्वास के रह्याे र ? तर हामीले दल दर्ताकाे प्रक्रियामा रहनुभएका साथीहरूलाई त्याे बाटाे गलत छ भनिनै रहेका छाैँ । भाेलि बैठकले पनि सम्भवतः त्यसबारेमा छलफल गर्नेछ । तर माधव नेपालले अलग्गै बाटाे हिँड्न सङ्कल्पित नै देखिनुभयाे । उहाँले विभाजनकै बाटाे राेज्नुभएकाे अवस्था छ तर त्याे विभाजनकाे बाटाेमा अरू साथीहरू नजाऊन् भन्नका लागि त्याे बाटाेमा नजानुस् भन्ने कुरा भाेलिकाे बैठकमा पनि हुनेछ’, प्रवक्ता ज्ञवालीले भन्नुभयाे ।
साथै उहाँले पार्टी जेठ २ मै फर्किसकेकाे बताउनुभयाे । यस्तै नवौँ महाधिवेशनपछि नेताले जे जिम्मेवारी पाएका थिए ती सबै जिम्मेवारी पनि पुनः क्रियाशील हुने एमालेले जनाएकाे छ ।
भोलि मङ्गलवार नै स्थायी कमिटीको बैठक बस्ने र केही दिनमै केन्द्रीय कमिटीको बैठक पनि बस्ने एमालेले बताएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।