चितवन दुर्घटना अपडेट : ज्यान गुमाएका दुवै जनाको पहिचान खुल्यो
मंसिर १०, २०८१ सोमबार
सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह पनि गरिरहेको छ । लगभग एक हजार नेपालीको अफगानिस्तानबाट उद्धार भएको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरुकाे नेपाल फर्कने क्रम जारी छ । काबुलबाट दोहा, लन्डन, दिल्ली लगायतका ठाउँमा पुगेका छन् नेपालीहरू । उनीहरूलाई सम्बन्धित रोजगारदाताले नै स्वदेश पठाइरहेका छन् । अफगानिस्तानमा बाँकी रहेकाको स्वदेश फिर्तीका लागि दिल्लीमा रहेकाे नेपाली दूतावासले समन्वय र सहजीकरण गरिरहेको छ । तर कुनै कम्पनीमा आबद्ध नभएका, भर्खरै अफगानिस्तान पुगेका, भिसा नभएका, एजेण्टले अलपत्र छाडेकाहरूको उद्धार चुनौतीपूर्ण छ । गैर कानुनी रूपमा रहेका नेपालीको उद्धार, उनीहरूको अवस्था र त्यहाँ रहेका सबै नेपालीको उद्धारका लागि भइरहेको पहलबारे सन्जिता देवकोटाले दिल्लीमा रहेको नेपाली दूतावासका उप नियोग प्रमुख रामप्रसाद सुवेदीसँग गरेको कुराकानी ।
अफगानिस्तानबाट नेपाल फर्किनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ । हजारभन्दा बढी नेपाल फर्किने क्रममा हुनुहुन्छ । कतिपय आदि बाटोमा हुनुहुन्छ, ट्रान्जिटमा हुनुहुन्छ । काबुलबाट निस्केर धेरै यूएई, दोहा, कुवेत, लन्डन पुग्नुभएको छ । अहिले मिलिटरी विमान मात्रै सञ्चालित भएका छन् ।
त्यसैले हाम्रा मित्रराष्ट्रहरू, अमेरिका, जापान, जर्मनी, ईयू, यूएन, भारत लगायतले हामीलाई सहयोग गरिरहेका छन् । दिल्लीमा भएका दूतावास, काबुलमा भएका दूतावास र विभिन्न एजेन्सीहरूसँग हामी सम्पर्कमा छौँ । नेपाली दाजुभाइहरू रोजगार गर्न गएको पनि ग्रिन जोनमा हो ।
रोजगारीको लागि ग्रिन जोनमा जाने १५ सय जनाको व्यवस्थापन करिब करिब भइसकेको छ । पछिल्लो समय हामीले १५ सय औपचारिक क्षेत्रमा र डेढ सय जति अन्य हिसाबले गैर कानुनी बाटोबाट गएको देखिएको थियो । अहिले करिब करिब १३ सय जति नेपाली विदेश फर्किने क्रममा हुनुहुन्छ । कोही उड्ने तयारीमा हुनुहुन्छ भने कोही नेपालमै पुगिसक्नुभएको अवस्था छ । स्वाभाविक रूपमा परिवारजनमा त्रास त छ नै । तर आत्तिनुपर्ने अवस्था छैन ।
विभिन्न मिसन अन्तर्गत काम गर्ने साथीहरू ४ सय ७० जना हुनुहुन्थ्यो । द्वन्द्वको बेला शान्ति स्थापना गर्न चलेका मिसनहरूमा संलग्न नेपाली पनि हुनुहुन्छ । त्यस्ता क्षेत्रमा काम गर्ने नेपालीहरू अहिले आत्तिरहनुभएकोे छ । सबैले अफगानिस्तान छोडेर गइसके हामीलाई पनि केही हुने हो कि भन्ने उहाँहरूलाई लागेको छ । हामीले सम्झाइरहेका छौँ ।
तीबाहेक अब ५० भन्दा कम नेपाली मात्रै काबुलमा छन् । अफगानिस्तानमा काम गर्न जाने भनेको अरू देशमा काम गर्न जानेजस्तो होइन । त्यहाँ सुरक्षाकै काम गर्न जाने हो । जसलाई आर्म सेक्युरिटी पर्सनल भन्छ । प्राइमरी काम हो । त्योभन्दा अरू लजिस्टिकमा जान्छन् ।
त्यसमा सामान पुर्याउने, खाना खुवाउने लगायतका काम गर्नुपर्छ । प्राइमरी सेक्युरिटीमा जाने हुनाले हाम्रो सेक्युरिटी पर्सनलहरू प्राथमिकताको आधारमा अलिकति पछाडि पर्नुहुन्छ । त्यही भएर पनि उहाँहरूको उद्धार अलि ढिलो भएको हो ।
विशेषगरि अमेरिका, नेटो लगायत, विभिन्न देशका दूतावासले त्यहाँ काम गर्ने नेपालीहरूलाई उद्धार गर्न आफूहरू जिम्मेवार रहेको भन्ने खबर आइरहेको छ । लन्डन पुगेकाहरूलाई क्वरेण्टीनमा राखेरै नेपाल फर्काउने प्रयास भइरहेको छ । किनभने मिलिटरी विमानले सबैलाई छुटाएर सङ्ख्या मिलेपछि कमर्सियल फ्लाइट खोजेर पठाउँछ ।
हो, अहिलेको अवस्थामा यो गम्भीर विषय हो । उहाँहरू दलालको नेटवर्कबाट मध्यपूर्वका देश हुँदै अफगानिस्तान पुग्नुभएको छ । कतिपयसँग कागजात छैनन् भने कतिपयको जिम्मा लिने एजेन्सीहरु छैनन् । हाम्रो दूतावासको र्यापिड रेस्पोन्स टिमले उहाँहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । परराष्ट्र मन्त्रालयले पनि अनलाइन फर्म भर्न भनेको छ ।
अहिलेसम्म त्यस्ता ४५ जना हाम्रो सम्पर्कमा आउनुभएको छ । हामीले बुझ्दै जाँदा त्यसरी गैर कानुनी भएर बसेका धेरै देखिएनन् । त्यति मात्रै रहेको बुझिएको छ । विभिन्न मिडियामा त यति उति भनेर आए तर त्योभन्दा बढी छैन । त्यहाँ जाने भनेको सेक्युरिटीमा हो ।
लुकेर गए पनि अफिसियल्ली गए पनि । ग्रिन जोनमा नेपाली श्रमिक लुकेर नजाउन भनेर योपालि हामीले सबै कुरा परीक्षण गरेरै पठाएका हौँ । कानुनी रूपमा गएकाहरूको हामीले सूची बनाएका छौँ । त्यहाँ रहेका गैर कानुनी रूपमा गएकाहरू पनि हाम्रो सम्पर्कमा छन् । उनीहरूलाई हामीले उद्धारको लागि भनेका छौँ ।
त्यसैले हामीले ती ४५ जनालाई उनीहरू रहेको ठाउँको आधारमा ५ वटा वर्गमा राखेका छौँ । उहाँहरूलाई र उद्धार गर्ने देशको टिम तथा एजेन्सीहरूलाई हामीले एप्रोच गरिरहेका छौँ । बिस्तारै एक दुई दिनमा नै उहाँहरूको पनि उद्धार हुन्छ ।
हो, चिन्ता लिनुपर्ने अवस्था केही छैन । फोन नलागे पनि उहाँहरू जहाज चढ्ने प्रक्रियामै भएको हुन सक्छ ।
कोही ट्रान्जिटमा कुनै देशमा पुगिसक्नुभएको छ होला । त्यस्तो अवस्थामा पक्कै पनि फोन लाग्दैन । फोन नलाग्नुमा दुई कारण हुन सक्छन् । अफगानिस्तानमा मिलिटरी सेक्सनमा नेटवर्क हुँदैन, त्यहाँ लग्ने बेला फोन नलाग्न सक्छ । यस्तै उद्धारका क्रममा माथि भनेझैँ अर्को देशमा पुगेको वा ट्रान्जिटमा रहेको बेला पनि फोन नलाग्छ सक्छ । त्यसैले फोन लागेन भनेर आत्तिने होइन, उल्टै उद्धार भइरहेको छ, घर फर्किँदै हुनुहुन्छ भनेर ढुक्क हुनुपर्छ ।
यहाँ गोली चलेको छैन, कसैको ज्यानै जाने अवस्था छैन । सबै जना सुरक्षित हुनुहुन्छ । तर एक प्रकारको अनिश्चितताको अवस्था रहेकाले अलिकति त्रास छ । अफगानिस्तानकै नागरिक पनि पायो भने देश छोड्न चाहिरहेका छन् ।
त्यहाँ रहेका सबै नेपाली नागरिकको उद्धारका लागि दूतावासले आफ्नो सम्पूर्ण प्रयास गरेको छ । परराष्ट्र मन्त्रालय लागिरहेको छ । तर पाँच छ जना मात्रै कसरी पठाउने ? त्यसैले सङ्ख्या नपुग्दासम्म होल्डिङमा बस्नुपर्ने हुन्छ । सबैको उद्धार हुन्छ, धेरै समय लाग्दैन । त्यहाँको अवस्था जटिलतर्फ जाँदै छ, अनुमान गरेकै दिन उडान हुन्छ भन्न सकिँदैन ।
उद्धारको लागि तयारी भएकाहरूलाई को कुन देश जाने हुन् भनेर छुट्याउनु पर्यो । नेपाली नेपालीहरूलाई एक गरेर सेफ जोनमा लग्नुपर्यो । प्रक्रिया झन्झटिलो छ । त्यसैले उद्धार यही दिन नै हुन्छ भनेर तोकेरै भन्न सकिँदैन । तर चाँडै हुन्छ । एक दुई दिनमा सबै कुराको व्यवस्थापन हुन्छ ।
एकदमै सुरक्षित छन् । हामीले कागजात नभएको अवस्थामा बाहिर ननिस्किन भनेका छौँ । त्यस्तो अवस्थामा अलिकति असुरक्षा हुनसक्छ ।
एजेन्सी तथा दूतावासको गाडी त उनीहरू बसेको ठाउँसम्मै निल पुग्ने हुँदा सुरक्षित भइन्छ । त्यसैले हामीले जहाँ हुनुहुन्छ त्यहीँ बस्नुस्, एक/दुई दिन धैर्य गर्नुभयो भने हामी त्यही ठाउँमा आइपुग्छौँ भनेका छौँ । राम्रो खान, बस्न त भनेजस्तो नभएको होला । तर दुई दिन धैर्य गरेर बस्नुहोस् भनेका छौँ । हाम्रो आग्रह पनि यही छ ।
हामी पनि उहाँको परिवार हो । हामीले नै संरक्षण गर्नुपर्छ । नेपाल सरकार, परराष्ट्र मन्त्रालय दूतावासको संयोजनमा हामी उहाँहरूलाई उद्धार गर्न लागिपरेका छौँ । उहाँहरूको पलपलको खबर लिइरहेका छौँ । यो दूतावासको दायित्व पनि हो ।
हामीले हाम्रा साझेदार र मित्र राष्ट्रहरूसँग छलफल गरिरहेका छौँ । अफगानिस्तानमा रहेका नेपालीहरूसँग पनि सम्पर्कमा छौँ । उहाँहरूलाई फर्किने सुनिश्चितता भएको खबर सुनाउन हामी तयारीमा छौँ । अब सय भन्दा कम सङ्ख्यामा मात्र नेपाली हुनुहुन्छ । जस्तो अवस्थामा भए पनि सुरक्षित साथ नेपाल फर्काउनु हाम्रो दायित्व हो । सहयोगी हातहरू प्रति पनि हामी कृतज्ञ छौँ ।
यस्तै हामी परिवारहरुको पनि साथमा छौँ । उहाँहरू प्रति सद्भावना छ । परिवार नआत्तिनुहोस्, उल्टै घरबाट ढाडस दिनुहोस् भन्न चाहन्छु । अबको एक/दुई दिनमै सबै जनाको उद्धार भइसक्छ, ढुक्क हुनुहोस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।