सल्यानमा खोलाले बगाउँदा एक जनाको ज्यान गयो

 भदौ ८, २०७८ मंगलबार १३:९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान - सल्यानमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । मर्मखोलाले बगाउँदा कुमाख गाउँपालिका–४ का ५१ वर्षीय लीलाधर शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो।

घरबाट रागेचौरतर्फ जाँदै गर्दा आज बिहान मर्मखोलामा बगेर शर्मा बेपत्ता भएका हुनु भएकाे हाे । प्रहरी र स्थानीयको सहयोगमा उहाँकाे शव कुमाख गाउँपालिका–२ शान्ति बजारमा खोलाको किनारमा भेटिएकाे प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया