नयाँ दल दर्ताको लागि सनाखत हुँदै, प्रदीप नेपाल पनि आयाेगमा

 भदौ ९, २०७८ बुधबार १२:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका दल दर्ताका लागि सनाखत गर्ने काम भैरहेको छ । दुवै दलका नेताहरु निर्वाचन आयोग पुगेर सनाखत गरिरहेका छन् ।

अस्तिदेखि चन्द्रागिरि रिसोर्टमा बसेका नेकपा एकीकृत समाजवादीका नेताहरु सिधै निर्वाचन आयोग पुगेका हुन् । सनाखतको लागि दिउँसो २ बजेसम्मको समय छुट्याइएको छ । सनाखतपछि दल दर्ता प्रक्रिया आजै टुंगो लगाउने निर्वाचन आयोगको तयारी गरेको छ । प्रमाण पुगेमा आजै दल दर्ताको प्रमाण पत्र दिने आयोगले जनाएको छ । नियमअनुसार दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने हुन्छ । नयाँ दल विभाजनका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत आवश्यक पर्छ ।

माधव नेपालले ५७ केन्द्रीय सदस्य र महन्थ ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् । यसैबीच पछिल्लो समय निस्क्रिय अवस्थामा रहेका नेता प्रदीप नेपाल पनि नयाँ पार्टीलाई समर्थन गर्न निर्वाचन आयोग पुग्नुभएको छ । यसअघि नेता नेपालले केन्द्रीय सदस्यको सूचीमा आफ्नो नाम आउँदा नेपालले आफू कतै पनि नरहेको स्पष्टीकरण दिनुभएको थियो । तर आज उहाँ माधव नेपालको पक्षमा खुल्नुभएको हो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया