सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
रसुवा – चीनसँगको पहिलो अन्तरदेशीय लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रबाट निर्माण हुने भएको छ । निकुञ्ज बाहिर वन क्षेत्रबाट निर्माण गर्दा लागत बढ्ने र सामग्री ढुवानीमा समेत समस्या आउने भएपछि प्रसारण लाइनको रुट परिवर्तन गरिएको हो ।
रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइनले गरेको अध्ययन अनुसार निकुञ्ज क्षेत्रबाट प्रसारण लाइन बनेमा करिब १ अर्ब रुपैयाँ लागत घट्नेछ । यसअघि वन क्षेत्रबाट अध्ययन गरिएको थियो । कोरोना महामारीको बेलामा आयोजनाको अन्य काम रोकिएपछि निकुञ्ज क्षेत्रमा सर्भे गरिएको थियो ।
निकुञ्ज क्षेत्रबाट प्रसारण लाइन निर्माण भएमा आयोजनाको लागत, दूरी र टावरको संख्या समेत घट्ने आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभयो । ‘हामीले वन तथा निकुञ्ज क्षेत्र दुवैतिर सर्वे गरेका छौ’, उहाँले भन्नुभयो, ‘अब निकुञ्ज क्षेत्रबाट आयोजना अगाडि बढाउँछौं ।’ ६ वर्षमा निर्माण सम्पन्न हुने गरी अघि बढाइएको आयोजनामा करिब १० अर्ब खर्च हुने अनुमान गरिएको छ ।
वन क्षेत्रबाट निर्माण गर्दा प्रसारण लाइनको दूरी ७० किलोमिटर हुने छ भने १० अर्ब रुपैयाँ लागत लाग्ने छ । जसमा २ सय १४ वटा टावर निर्माण गर्नुपर्छ । तर निकुञ्ज क्षेत्रबाट निर्माण गरे लाइनको दूरी ६५ किलोमिटर हुने भएकाले लागत करिब ९ अर्ब लागत लाग्ने छ । यस क्षेत्रबाट निर्माण गर्दा १ सय ७१ वटा टावर निर्माण गरे पुग्छ ।
आयोजनाले सम्भाव्यता अध्ययनको काम सकाएर दुई देशबीच विद्युत् आदानप्रदान गर्नका लागि नेपालतर्फ यसअघि नै लोड फ्लो टेष्टको काम पनि सकेको छ । आयोजनाले प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सकिने गरी काम अगाडि बढाएको छ । प्रसारण लाइनको चीनतर्फ तिब्बत स्थित जिलोङ काउन्टी र नेपालतर्फ नुवाकोटको त्रिशूलीमा सबस्टेसन राखिने आयोजनाले जनाएको छ । नेपालतर्फ ४ सय केभी डबल सर्किट र चीनतर्फ ५ सय केभी डबल सर्किट लाइन हुने आयोजनाले जनाएको छ । आयोजनाको निर्माण कार्य ६ वर्षमा निर्माण सकिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।