भारत पहिलाे पारीमा ७८ रनमै अलआउट

 भदौ ९, २०७८ बुधबार २०:६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : फक्स क्रिकेट

काठमाण्डाै – घरेलु टोली इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टकाे पहिलो पारीमा भारत ७८ रनमै अलआउट भएको छ । लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४० ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ७८ रन बनायो ।

भारतका कप्तान विराट कोहली सात रनमा, रोहित शर्मा १९ रनमा, चेतेश्वर पुजारा एक रनमा, अजिन्कया रहाणे १८ रनमा आउट भए ।

यस्तै ऋषभ पन्तले दुई, रविन्द्र जडेजाले चार, इशान्त शर्माले आठ र मोहम्मद सिराजले तीन रन बनाए । जसप्रित बुमराह, मोहम्मद शामी र केएल राहुलले खाता खोल्न सकेनन् ।

इङ्ल्याण्डका जेम्स एन्डरन र क्रियाग ओभर्टनले तीन/तीन तथा साम कुरान र ओइली रोविन्सनले दुई/दुई विकेट लिए । अहिले इङ्ल्यान्डले पहिलाे पारीकाे ब्याटिङ थालेकाे छ । 

पाँच टेस्टको शृङ्खलामा पाहुना टोली भारत एक–शून्यले अगाडि छ । पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा सकिएको थियो ।  

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया