अभिनेता साेनु सूदले पनि बीचैमा छाेडे कंगना रनावतकाे फिल्म ‘मणिकर्णिका’

 भदौ १५, २०७५ शुक्रबार १८:१३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री कंगना रनावतको फिल्म ‘मकिर्णिका’ को सेटबाट एकपछि अर्को विवादित खबरहरु आइरहेका छन् । 

यसअघि फिल्मका निर्देशकले बीचैमा फिल्म छोडेका थिए भने अहिले फेरि यस फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका अभिनेता सोनु सूद पनि फिल्मबाट बाहिरिएका छन् । 

भारतीय संचारमाध्यमका अनुसार अभिनेत्री कंगना रनावतले सोनु सूदको भूमिकालाई निकै छोट्याइदिएकी थिइन् । यही कारण फिल्मको सेटमा कंगना र सोनुबीच भनाभन समेत भएको थियो । यस फिल्ममा सोनु मराठा सेनाको कमाण्डर सदाशिवको भूमिका निर्वाह गरिरहेका थिए । 

यस अघि यस फिल्मका निर्देशक कृषले पनि कंगनासँग फिल्मका केही दृष्यहरुलाई लिएर कुरा मिलेपछि बीचैमा यस फिल्मको काम छोडेर अर्को फिल्म निर्देशनमा लागेका थिए । त्यसयता अभिनेत्री कंगना स्वयमले निर्देशनको काम सम्हालिरहेकी थिइन् ।

कंगनाले निर्देशनको काम सुरु गरेसँगै उनी सोनु सूदको भूमिकालाई काटेर छोटो बनाउन चाहन्थिन् तर सोनुले यो कुरा नमानेपछि यी दुवैबीच विवाद भएको थियो । यही रिसको झोकमा सोनु सूदले कंगनाको यस फिल्मलाई छोडिदिएका हुन् । 

खबरहरुका अनुसार कंगना यस फिल्मको छायाँकनका क्रममा अन्य कलाकारहरुलाई होच्याएर व्यवहार गर्थिन् । यही व्यवहार सोनुसँग पनि गरियो तर सोनुलाई कंगनाको व्यवहार मन परेन । 

साथै यसअघि निर्देशनको कुनै पनि अनुभव नै नभएकी कंगनालाई अचानक निर्देशनको जिम्मा दिएपछि अभिनेता सोनु सुदले फिल्म ‘मनिकर्णिकाः द क्वीन आफ झाँसी’बाट आफुले हात झिकेको कुरा फिल्मका निर्माताहरुलाई जानकारी गराइसकेका छन् ।

सोनुले यो फिल्म छोडेपछि अब यसको असर फिल्मको रिलिज डेटमा पनि पर्न सक्ने सम्भावना रहेको छ । यो फिल्म २०१८ को अगष्ट ३ मा प्रदर्शनको तयारीमा रहेको थियो । 

सोनुले फिल्म छोडेसँगै उनलाई ‘तनु वेड्स मनु रिटर्न’का अभिनेता मोहम्मद जीशान अयूबले रिप्लेस गर्नसक्ने खबर पनि आएको छ । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया