‘हामीलाई पनि कांग्रेसको इतिहास थाहा छ, कस्ता–कस्ता तानाशाहलाई त ढालेका छौँ’

 भदौ १०, २०७८ बिहीबार १३:४१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाउनुभएको छ ।

बिहीवार नेपाल महिला सङ्घ काठमाण्डाैले मङ्गलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको र अब उनीहरूलाई सम्मान व्यवहार नगरेर तानाशाह बन्न खोजे त्यो सह्य नहुने बताउनुभएको हो । उहाँले सभापति देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने र अरूलाई मात्रै नीति, नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने बताउनुभयो ।

नेता सिंहले सभापति देउवाले जान्दा जान्दै पनि हरेक चार वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बस्नका लागि पार्टीको विधान मिचेको बताउनुभयो । उहाँले भन्नुभयो, विधि, प्रक्रिया पूरा गर्ने, पदमा बस्ने, पार्टी सभापति हुने तर पार्टी सभापति भएपछि हरेक चार वर्षमा महाधिवेशन हुन्छ भनेर थाहा पाइकन क्रियाशील सदस्यताको काम पार्टीको विधानअनुसार नगर्ने, गरेको भए अहिले यो अवस्था आउँथ्यो ? गर्छु–गर्छु भन्ने तर कामबाट पुष्टि गर्न नसक्ने, मुख्य कुरा पार्टी सभापतिले पार्टीको विधानअनुसार सबैलाई सम्मान रूपमा क्रियाशील सदस्यताको सीमा एकनास हुनुपर्‍याे नि ! आफ्नो मान्छेलाई क्राइटेरिया नचाहिने, त्यस्तो नि हुन्छ, यदि उहाँले त्यसमा पनि जबरजस्ती गर्नुभयो भने हामीलाई पनि कांग्रेसको इतिहास थाहा छ, कस्ता–कस्ता तानाशाहलाई ढालेका छौँ भने पार्टीभित्र कोही तानाशाह बन्न खोज्छ भने त्यसलाई हामी सशक्त रूपमा के गर्नुपर्छ, त्याे गर्छाैँ ।

नेता सिंहले क्रियाशील सदस्यता छानबिनमा पनि व्यापक धाँधली भएको बताउनुभयो । उहाँले नेपाली कांग्रेस जस्तो डेमोक्रेटिक पार्टीको महाधिवेशन निष्पक्ष हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस जस्तो डेमोक्रेटिक पार्टीको मूल्य, मान्यता र आदर्शको राजनीति पहिचान कसैको चाहना र व्यक्तिगत मानका लागि नहुने भन्दै नेता सिंहले भन्नुभयो, नेपाली काँग्रेसको अहिले १४ औँ महाधिवेशनको पाँचाैँ पटक कार्यतालिका संशाेधन गरेर फ्ल्यास भएको छ । क्रियाशील सदस्य नै हाम्रो भोटर लिस्ट हो, ७७ जिल्लामै क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्छ, विधि प्रक्रिया पूरा नगरि क्रियाशील सदस्य छानिएको छ, आफ्नो पक्षमा ल्याउनका लागि यो भएको छ, त्यसैले हरेक जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्‍याे, कसैको विशेष चाहनामा, पार्टी कब्जा गर्ने नाममा क्रियाशील सदस्यताको चयनमा व्यापक धाँधली भएको छ ।

नेता सिंहले आफ्नी आमा तथा महिला हकहित कर्मी स्व. मङ्गला सिंहले महिला मुक्ति आन्दोलनमा नेपाली महिलाहरूलाई पुरुषसरह नै अधिकार दिनुपर्छ भनेर लडेको स्मरण गर्दै महिलाहरूले आफ्नो हकहितका लागि अझै लड्न आवश्यक रहेको बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया