उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल सरकारको सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४/०७५ मा सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७७/०७८ मा बढेर १७ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
यसमध्ये कुल तिर्न बाँकी बाह्य ऋण नाै खर्ब २७ अर्ब ९३ करोड र आन्तरिक ऋण आठ खर्ब ३२ करोड रुपैयाँ रहेको छ । नेपालको ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४० दशमलव ५ प्रतिशत पुगेको छ ।
गएको वर्ष सरकारले दुई खर्ब २४ अर्ब एक करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने ३६ अर्ब ९० करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ । यस्तै एक खर्ब २७ अर्ब १८ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ ।
२०७८ असार मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।