‘केही व्यक्तिकाे स्वार्थ र अहङ्कारका कारण पार्टी फुट्याे, हामी हिँडेकाे बाटाे गलत छैन’

 भदौ १०, २०७८ बिहीबार १८:५३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिको स्वार्थका कारण पार्टी फुटेको बताउनुभएको छ । आज बिहीवार बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही व्यक्तिको स्वार्थ र अहङ्कारका कारण पार्टी फुटेको बताउनुभएको हो । 

आन्दोलन हाँक्ने अभिभारा, काँधको जिम्मेवारी र नागरिकका सामु गरिएका प्रतिबद्धताहरु भुलेर पार्टी फुटाइएको उहाँको भनाइ छ । ओलीले भन्नुभयो, ‘हिजोसम्म हामीसँगै रहेका केही मित्रहरू आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनको अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारीहरू बिर्सिएर, आफूले हिजो नागरिकका अगाडि जनाएका प्रतिबद्धताहरू बिर्सिएर, आफूले लिएका शपथहरू बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर भावावेशमा, अकारण, सैद्धान्तिक मतभेद भएर होइन, कसैले लखेटेर बस्न नसकेर होइन, सामान्य अवस्थामा त पार्टी चलिरहेको बेला, अगाडि बढिरहेका बेला स्वार्थवश, केहीका स्वार्थमा, केहीका अहङ्कारमा, केहीको ईर्ष्यावश एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभएछ ।’ 

अध्यक्ष ओलीले केही व्यक्ति आन्दोलनलाई कतिसम्म सकिन्छ, त्यतिसम्म नोक्सान पार्ने काममा लागिरहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘केन्द्र, प्रदेश र पालिकामा विभिन्न तहमा, विभिन्न तहका पार्टी कमिटी र सङ्गठनहरू, जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनहरू आन्दोलनलाई कमजोर पार्ने र पार्टीलाई कमजोर पार्ने काममा लाग्नुभएको छ जुन दुःखद कुरा हो ।’

एमालेलाई केन्द्र, प्रदेश, जिल्लादेखि पालिकासम्म कमजोर पार्न लागिएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले आफूहरू हिँडेको बाटो गलत नभएको पनि उल्लेख गर्नुभयो ।  

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया