सेती दोभानमा ठूलो पहिरो, मुग्लिन-नारायणघाट सडक खण्ड बन्द

 भदौ ११, २०७८ शुक्रबार ६:५५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - लगातारको झरीका कारण पहिरो जाँदा मुग्लिन-नारायणघाट सडक खण्ड बन्द भएको छ । गएराति ८ बजे सेती दोभानमा ठूलो पहिरो खसेकाले दुुईतर्फी बाटो नै बन्द भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  पहिरो पन्छाउन समय लाग्ने छ ।

लगातार झरी परिरहेको र पहिरो खस्ने क्रम पनि नरोकिएकाले एक्स्काभेटर प्रयोग गर्न समेत समस्या भएको छ ।  केहीबेर पछि पहिरो पन्छाउने काम सुरु हुने प्रहरीले जनाएको छ । सडक बन्द भए पछि यात्रुुले गाडीमै रात बिताएका छन् । अहिले यो सडक खण्डमा गाडीको लामो लाइन छ ।

मुग्लिन-नारायणघाट सडक खण्डको ठाउँ-ठाउँमा पहिरोको जोखिम रहेकाले जोखिम मोलेरै यात्रा गर्नु पर्ने बाध्यता छ । पहिरो रोक्ने  प्रयास भए पनि त्यो सफल हुन सकेको छैन। यो सडक खण्डमा बर्खामा मात्रै नभएर हिउँदमा समेत पहिरो जाने गरेको छ । 
 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया