सहमति पछि कांग्रेस जिल्ला सभापतिहरूले अनशन तोडे, अब महाधिवेशनमा केन्द्रित हुने

 भदौ १३, २०७८ आइतबार ७:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माग सम्बोधन हुने भएपछि चार दिनदेखि रिले अनशनमा रहेका कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडेका छन् । हिजो बेलुका बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जिल्ला सभापतिहरूको माग सम्बोधन गर्ने निर्णय गरेको थियो ।

कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलका नेताहरूले केन्द्रीय कार्यालय सानेपामा पुगेर माग सम्बोधन गर्ने सहमति गरेपछि अनशन तोडिएको हो ।  संस्थापन पक्षले मनोमानी ढङ्गले सदस्यता थप गरेको भन्दै नामावली सार्वजनिक गरेर त्यसमा थपघट गर्ने मौका दिनुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरू अनशनमा थिए ।

सहमतिसँगै क्रियाशील सदस्यता विवाद टुङ्गिएको र अब १४ औँ महाधिवेशनमा केन्द्रित हुने जिल्ला सभापतिहरूले बताएका छन् । यस्तै विवाद समाधान भएसँगै आउँदो १८ गतेदेखि हुने भनिएको पालिकास्तरीय अधिवेशन हुने पनि निश्चित भएको छ ।

वडाले क्षेत्रीय प्रतिनिधि चयन गर्ने र तीनै क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनका मतदाता चयन गर्ने भएकाले पालिकास्तरीय अधिवेशनमा केन्द्रीय नेताहरुकै चासो धेरै छ ।  यस्तै, कांग्रेसले भोलिसम्ममा  ७७ वटै जिल्लाकै क्रियाशिल सदस्यताको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।

हिजोसम्ममा ५३ जिल्लाको सदस्यताको नामावली सार्वजनिक भइसकेको छ । क्रियाशील सार्वजनिक भइसकेका जिल्लामा निर्वाचन अधिकृत पनि खटाइसकिएको पनि कांग्रेसले जनाएको छ । कांग्रेसलाई भदौ २३ भित्रै वडा अधिवेशन गर्नुपर्ने बाध्यता छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाण्डौमा हुनेछ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया