आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस : सुरक्षित वैदेशिक रोजगारीका ल...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुल विमानस्थलमा फेरि आतङ्ककारी आक्रमण हुनसक्ने चेतावनी दिनुभएको छ । उहाँले फेरि आतङ्ककारी आक्रमण हुन सक्ने सङ्केत मिलेको र आवश्यक सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।
अफगानिस्तानमा रहेका अमेरिकी सैन्य बल फिर्ता भइरहेका बेला सैनिक कमाण्डरले आक्रमण हुन सक्ने सङ्केत दिएको बाइडेनको दाबी छ । केही दिनअघि पनि काबुल विमानस्थलमा आक्रमण हुन सक्ने बाइडेनले बताउनुभएको थियो । लगत्तै इस्लामिक स्टेट आईएसले गरेको विस्फोटमा १ सय ७० जनाको ज्यान गएको थियो ।
अमेरिकाले लगत्तै ड्रोन आक्रमण गर्दा बम विस्फोटका योजनाकार मारिएको अमेरिकाले दाबी गरेको छ । तालिबानले आउँदो अगष्ट ३१ सम्म अमेरिकी सेना फिर्ता भइसक्नुपर्ने चेतावनी दिँदै आएको छ । अमेरिकाले अफगानिस्तानबाट नागरिक उद्धारको काम तीव्र बनाएको छ ।
अमेरिकाले अफगानिस्तानबाट एकैदिन ६ हजार ८ सय नागरिकको उद्धार गरेको छ । योसँगै अमेरिकाले अफगानिस्तानबाट उद्धार गर्नेहरुको सङ्ख्या झण्डै एक लाख १२ हजार पुगेको छ । तालिबान समूहको कब्जापछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेका छन् । अमेरिकी र अरु विभिन्न देशका विमानले उद्धारको काम गर्दै आएका छन् ।
तालिबानले यही अगस्ट ३१ सम्म आफ्ना सैनिक निकाल्न अमेरिकालाई भनिरहेको छ । अमेरिकाले उद्धारको काम तीव्र बनाएको हो । अफगानिस्तान छोड्न चाहनेको भीडभाडकै बीच गएको बिहीवार विमानस्थल नजिकै बम विस्फोट भएको थियो ।
लगत्तै अमेरिकाले गरेको ड्रोन आक्रमणमा आईएसका एक सदस्य मारिएको अमेरिकी सैन्य बललाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।