एमाले र जसपाका प्रदेश सांसद, पालिकाका जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउने

 भदौ १३, २०७८ आइतबार १६:२८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा जान चाहने र जनता समाजवादी पार्टी (जसपा) बाट लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहने प्रदेश सभा र पालिकाका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय तोकेको छ ।

नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ता भएका हुन् । सरकारले ल्याएको अध्यादेशअनुसार सङ्घीय संसद् वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याए दल विभाजन गर्न सक्ने व्यवस्था गरेपछि यी दुवै दल विभाजित भइ यही भदौ ९ गते आयोगमा दर्ता भएका हुन् ।

आज आइतवार बसेको आयोगका पदाधिकारीको बैठकले दल परिवर्तन गर्न चाहने जनप्रतिनिधिहरूले भदौ २२ गतेसम्म निर्वाचन आयोगमा पुगेर सनाखत गर्नुपर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले भदौ २ गतेको मितिलाई आधार मानेर २२ गतेसम्म दल परिवर्तनको निर्णय गर्ने समय दिइएको जनाएको छ ।

अध्यादेशमा प्रदेश र पालिकाका जनप्रतिनिधिलाई नयाँ दल दर्ता प्रक्रिया सुरु भएको मितिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था भएअनुसार भदौ २२ गतेभित्र दुवै दलका जनप्रतिनिधिले सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सङ्घीय सांसदले भने अब दल परिवर्तन गर्न पाउने छैनन् ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया