ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

 भदौ १४, २०७८ सोमबार ८:२८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एवम् डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिने उद्देश्यले बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । 

क्यासब्याक योजनाअन्तर्गत भाद्र २१ र कुशे औँसीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा “GIFT TO FATHER” लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत(३०० रुपैयाँसम्म)क्यासब्याक पाइने छ । 

यसैगरी भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक फिर्ता पाइने छ । 

क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ । ग्लोबल आइएमई बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पीओएस ईसीओएममार्फत ३,००० रुपैयाँ वा त्याे भन्दा बढीको भुक्तानीमा ३०० रुपैयाँ क्यासब्याक फिर्ता पाउने भएका छन् ।

महिला ग्राहकलाई लक्षित यो योजना भाद्र १६ देखि ३१ गते सम्म चल्ने बैंकले जनाएकाे छ। आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया