गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार र दार्चुला घटनाबारे छलफल

 भदौ १४, २०७८ सोमबार १२:१३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मन्त्रिपरिषद्लाई छिटै पूर्णता दिने विषयमा सत्ता साझेदार दलबीच छलफल भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

गठबन्धन दलहरुबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भए आजै सम्बन्धित दलले मन्त्री बन्नेको नाम दिने र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा आज बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

यस्तै, सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको  घटनाबारे सरकारको अडान प्रष्ट पार्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । गएको साउन १५ गते भारतीय सुरक्षाकर्मीले तुइन फुकाइ दिँदा धामी महाकालीमा बगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाको अनुसन्धानका लागि सरकारले छानबिन समिति बनाए पनि अझै प्रतिवेदन सार्वजनिक भएको छैन । सरकारले नै घटना लुकाउन खोजेको पीडित परिवारको आरोप छ ।
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया