काठमाण्डौ उपत्यकामा विद्यालय खोल्ने निर्णय पालिकाले गर्न सक्ने

 भदौ १६, २०७८ बुधबार १४:५०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै भदौ मसान्तसम्मका लागि थपिएको छ । निषेधाज्ञाकाे अवधिमा भौतिक उपस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्न पाइने छैन ।

शैक्षिक संस्था सञ्चालन गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिसँगको समन्वयमा पालिकाले निर्णय गर्न सक्ने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गर्नुभएको आदेशमा उल्लेख छ ।

निषेधाज्ञाकाे अवधिमा जात्रा, सभा, जुलुस, महोत्सव, भोजभतेर गर्न पाइने छैन । चाडपर्वहरू साङ्केतिक रूपमा मनाउन र व्यवसायहरू सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाउन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

निर्माण सामग्रीको ढुवानी बेलुकी नौ बजेदेखि बिहान पाँच बजेसम्म मात्र गर्न पाइनेछ ।  

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया