सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्ता खारेजको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट अधिवक्ता सुमित्रा पाण्डेले दर्ता गराएको रिटमा पार्टीले कारबाही गरिसकेका १४ जना सांसद र नौ जना केन्द्रीय सदस्यले गरेको सनाखतलाई वैधता दिएर निर्वाचन आयोगले कानुन विपरीत क्रियाकलाप गरेको उल्लेख गरिएको छ ।
पार्टीले कारबाही गरेका सांसद र केन्द्रीय सदस्यको सनाखतका आधारमा दर्ता भएको नेकपा एकीकृत समाजवादी दललाई नै खारेज गर्न रिटमा माग गरिएको छ ।
गएको वैशाख २७ गते आफ्नै पार्टीका प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माधव नेपालसहित १४ सांसदलाई पार्टीले निष्कासन गरेकाले उनीहरूलाई तत्कालै बर्खास्त गर्न पनि रिटमा माग गरिएको छ ।
यस रिटकाे पेसी यही शुक्रवारका लागि ताेकिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।