नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड नाघ्यो

 भदौ १६, २०७८ बुधबार १९:४९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ ।

२४ घण्टामा (एकै दिन) दुई लाख ९३ हजार एक सय ५१ मात्रा खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार एक सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खोप लगाउनेमध्ये ४६ लाख ६७ हजार तीन सय २८ जनाले पूर्ण मात्रा र ५४ लाख २४ हजार आठ सय ३६ जनाले पहिलो मात्रा खोप लगाएका छन् । खोप योग्य जनसङ्ख्यामध्ये १५ दशमलव चार प्रतिशतले पूर्ण मात्रा र १७ दशमलव नौ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

सरकारले कुल जनसङ्ख्याको ७१ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । अहिलेसम्म एक करोड ३३ लाख मात्रा कोरोनाविरुद्धको खोप नेपालमा प्राप्त भैइसकेको र थप खोप आउने क्रममा रहेको स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

सरकारले अहिले ४० वर्षमाथिको उमेर समूह, विद्यार्थी, अत्यावश्यक सेवामा संलग्न लगायतलाई प्राथामिकतामा राखेर खोप लगाइरहेको छ ।

हिमाली जिल्ला मनाङ र मुस्ताङका सबै खोपयोग्य व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ भने हिमाली क्षेत्रमा रहेका कतिपय पालिकामा पनि सबैलाई खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया