सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
धनुषा – प्रदेश नम्बर २ का जनता समाजवादी पार्टी (जसपा) नेपालमा रहेका ११ प्रदेश सभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालको पक्षमा सनाखत गरेका छन् । उनीहरूले निर्वाचन आयोगको प्रदेश कार्यालय जनकपुरधाममा पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् ।
लोसपाको पक्षमा सनाखत गर्ने प्रदेश सभा सदस्यमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, नीलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका निर्वाचन कार्यालयकी प्रमुख पुष्पाकुमारी झाले जानकारी दिनुभयो ।
प्रदेश २ को प्रदेश सभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाकाे तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेश सभा सदस्य थिए ।
लोसपाका पक्षमा जसपाका १४ प्रदेश सभा सदस्य खुलेका छन् । एक नेताका अनुसार जसपाका १४ जना लोसपामा खुलेर सनाखत गर्न तयार रहेको र थप चार जनालाई आफ्नो पक्षमा सनाखत गराउन प्रयास भइरहेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी रोज्नुभएका प्रदेश सभाका सदस्य जीतेन्द्र सोनलले बाँकी प्रदेश सभाका सदस्य बाहिर रहेकाले भोलि सनाखत गर्ने बताउनुभयो । उहाँले अन्य सांसद बिहीवार र शुक्रवार सनाखतका लागि निर्वाचन कार्यालय पुग्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।