ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - कश्मीरका पृथकतावादी नेता सैयद अली शाह गिलानीको निधन भएको छ । ९२ वर्षको उमेरमा श्रीनगरमा रहेको आफ्नै घरमा उहाँको निधन भएको हो ।
तीन दशकभन्दा लामो समयदेखि कश्मीरलाई भारतबाट अलग राख्नु पर्ने अडान राख्दै अभियान चलाएका गिलानी १५ वर्षसम्म पूर्व जम्मु कश्मीर राज्यको ८७ सदस्य रहेको विधान सभाका सदस्य रहनु भएको थियो । सन् १९८९ मा सशस्त्र द्वन्द्व पछि उहाँसहित चार जमात नेताले राजीनामा दिएका थिए ।
उहाँले प्रतिनिधित्व गर्ने जमात ए इस्लामीमाथि भारतले प्रतिबन्ध लगाएको छ । भारतले गिलानीमाथि पाकिस्तानसँग मिलेर कश्मीरमा पृथकतावादी आन्दोलन भड्काइरहेको आरोप लगाउँदै आएको थियो । यही कारण गिलानीमाथि देशद्रोहको मुद्दा पनि चलाइएको थियो ।
भारत सरकारले सन् १९८१ मा उहाँको पासपोर्ट पनि जफत गरेको थियो । तर, सन् २००६ मा हज यात्राका लागि भन्दै गिलानीलाई पासपोर्ट दिइएको थियो । गिलानीले कश्मीरलाई भारतको भाग नमानेकै कारण उहाँमाथि भारतले दबाब बढाएको उहाँका समर्थकको भनाइ छ ।
उहाँको निधनमा पनि कश्मीरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने त्यहाँ इन्टरनेट सेवा बन्द गरिएको छ । त्यहाँ कर्फ्युसमेत लाग्न सक्ने स्थानीय प्रहरीले जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गिलानीको निधनप्रति दु:ख व्यक्त गर्दै एक दिनका लागि शोक र झण्डा आधा झुकाउने घोषणा गर्नु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।