सभापतिमा एक जनामात्रै उठ्ने पाैडेल पक्षकाे प्रतिबद्धता

 भदौ १७, २०७८ बिहीबार १६:५१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने जनाएको छ । आज बिहीवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

वरिष्ठ नेता पाैडेलले नेपाली कांग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाका रूपमा स्थापित गर्न सहमति र छलफलमा ठाउँ अनुसारको उम्मेदवारी दिने बताउनुभयो । उहाँले पार्टीलाई बचाउन, लोकतन्त्र बचाउन र देशकाे अस्तित्वलाई जोगाउन एकताबद्ध भएर जाने पनि बताउनुभयो । अहिले भएको एकता १४ औँ महाधिवेशनको अन्तिमसम्म पनि कायमै राखेर अघि बढ्ने वरिष्ठ नेता पाैडेलकाे भनाइ छ ।

वरिष्ठ नेता पौडेलले अभूतपूर्व रूपमा क्रियाशील सदस्यको विवाद भएको भन्दै यसले पार्टीका निष्ठावान् व्यक्तिहरूलाई पीडा भएको बताउनुभयो । पौडेल पक्षले कांग्रेसको वडा अधिवेशन सुरु हुनुभन्दा एक दिन अघिसम्म पनि सभापतिका आकाङ्क्षीहरूबीच सहमति हुन नसकेपछि महाधिवेशनमा साझा उम्मेदवारी दिने घोषणा गरेको हो । 

पत्रकार सम्मेलनमा पौडेल पक्षका सभापतिका आकाङ्क्षीहरू पौडेलसहित महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायत सहभागी हुनुभएको थियो भने महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएका युवा नेता गगनकुमार थापा पनि सहभागी हुनुहुन्थ्यो ।  

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया