एमालेले भन्याे– ‘सरकार तुइन घटना थामथुम गर्ने प्रयासमा लागेकाे देखिएकाे छ’

 भदौ १७, २०७८ बिहीबार १९:८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेकाे घटनाबारे छानबिन समितिकाे प्रतिवेदनमाथि असन्तुष्टि जनाएकाे छ । 

आज बिहीवार प्रेस विज्ञप्ति निकाल्दै एमालेले तुइन घटनामा छानबिन समितिकाे प्रतिवेदन अस्पष्ट रहेकाे बताएकाे हाे । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले निकाल्नुभएकाे प्रेस वक्तव्यमा भनिएकाे छ, ‘पटकपटक म्याद थपेर निकै ढिलाे गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेकाे र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेकाे देखिएकाे छ ।’ 

यस्तै एमालेले आफ्ना नागरिक बेपत्ता पारिएकाे संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिन, साेधपुछ गर्न, आपत्ति जनाउन र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नागरिक ध्यान माेड्न खाेजेकाे आशङ्का देखिएकाे बताएकाे छ । 

अविलम्ब यस घटनाकाे यथार्थ सार्वजनिक गर्न, दाेषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न एमालेले माग गरेकाे छ । 

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया