अमेरिका बाढी अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या ४१ पुग्याे

 भदौ १८, २०७८ शुक्रबार ७:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा आँधी पछि आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४१ पुगेको छ ।

अमेरिकाको न्यु योर्क र न्यु जर्सी बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । न्यु योर्क र न्यु जर्सी राज्यमा अस्वाभाविक वर्षा भएको छ । केही नागरिकहरु बाढीको चपेटामा परेका कार र भवनको सबैभन्दा मुनिको तलामा फसेका छन् ।

समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा हुँदा  बाढी आएको हो । बाढीका कारण न्यु जर्सीमा २३ जनाको ज्यान गएको त्यहाँका गर्भनर फिल मुर्फीले बताएका बीबीसीले जनाएको छ । यस्तै, न्यु योर्कमा १४ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा २ वर्षका बालक समेत रहेका खबरमा उल्लेख छ । बाढीमा परेर अझै केही फसिरहेकाले उद्धारको काम चलिरहेको छ ।  यस्तै, पेन्सिलभेनियाको फिलाडेल्फिया नजिकै तीन जना र कनेटिकटमा एक जनाको ज्यान गएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्न ‘ऐतिहासिक लगानी’ आवश्यक पर्ने बताउनु भएको छ ।

उहाँले अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु भनेको ‘जीवन वा मरणको सवाल भएको’ बताउनु भएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया