पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्काले दक्षिण अफ्रिकालाई १४ रनले हरायो

 भदौ १८, २०७८ शुक्रबार ७:२५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रीलङ्काले पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई १४ रनले हराएको छ । कोलम्बोमा गएराति श्रीलङ्काले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि एडिन मार्क्रमले ९६ रनको अर्धशतकीय पारी खेले । यस्तै रस्सी भान डेर डुसेनले ५९, कप्तान टेम्बा बाभुमाले  ३८ र  हेन्रिच क्लासेनले ३६ रन बनाए । श्रीलङ्काका अकिला धनञ्जयले २ तथा चमिका करुणरत्ने, वानिन्दु  हसरङ्ग  र प्रभिन जयविककर्मले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन जोडेको थियो । श्रीलङ्काका अभिस्का फर्नान्डोले १ सय १८ रनको शतकीय पारी  खेले भने चारिथ असालङ्काले ७२,  धनञ्जय डी सिल्भाले ४४ रन बनाए ।

दक्षिण अफ्रिकाका कागिसो राबडा र केशव महाराजले २/२ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा श्रीलङ्काले १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया