न्यु योर्कमा आएको बाढीमा परेर एकै परिवारका तीन जना नेपालीको ज्यान गयाे

 भदौ १८, २०७८ शुक्रबार ९:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाको न्यु योर्कमा आएको बाढीमा परेर तीन जना नेपालीको ज्यान गएको छ ।

न्यु योर्कमा बस्दै आएका सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ जुनबेसीका एकै परिवारका  तीन जनाको ज्यान गएको युनाइटेड शेर्पा एसोसिएशन (यूएसए) ले जनाएको छ ।

बाढीका कारण आङ गेलु लामा, उहाँकी श्रीमती मिङ्मार शेर्पा र १९ महिने छोरा लोप्साङ लामाको ज्यान गएको हो एसोसिएशनले जनाएको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाले पनि उनीहरुकाे ज्यान गएकाे पुष्टि गरेकाे छ। 

अमेरिकाको उत्तर–पूर्वी राज्यहरुमा आइडा आँधीका कारण आएको भीषण वर्षाका कारण बाढी आएको छ ।  बाढीका कारण न्यु योर्क र न्यु जर्सी सबैभन्दा धेरै प्रभावित भएका छन् ।

बाढीमा परेर अहिलेसम्म ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया