सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानले देशका धेरै ठाउँमा नोक्सानी गरेको छ । केही दिनयता वर्षाको धेरै असर लुम्बिनी र गण्डकी प्रदेशमा परेको छ ।
पर्वतमा आज पहिरोले घर पुरिँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएका छन् । पर्वतको धेरै ठाउँमा पहिरो गएको छ । यस्तै, अस्तिदेखि परेको अविरल वर्षाका कारण पोखरामा पनि धेरै ठाउँमा पहिरो गएको छ । पहिरोमा परेर हिजो पाँच जनाको ज्यान गएको छ भने जमिन समेत भासिएको छ।
यस्तै, बुधवार राति दाङमा बाढीले कार बगाउँदा एकै परिवारका दिदी बहिनीसहित चार जनाको ज्यान गयो । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण क्षति बढिरहेको छ । यस्तो अवस्थामा सावधानी अपनाउन नसके थप क्षति हुन सक्ने भन्दै मौसमविद्ले सजग हुन आग्रह गरेका छन् ।
मौसमविद् वरुण पौडेलका अनुसार आउँदो असोज पहिलो हप्तासम्म नेपालमा मनसुन रहने सम्भावना छ । यसले गर्दा यो अवधिसम्म नै बाढी, पहिरो र डुबानको जोखिम रहेको छ । पानी पर्न छोडे पछि बाढी र डुबानको जोखिम कम हुने भए पनि पहिरो जाने जोखिम भने उस्तै रहने उहाँले बताउनुभयो ।
पानी पर्न रोकिँदा पनि सुख्खा पहिरो जाने जोखिम रहने मौसमविद् वरुण पौडेलले बताउनुभयो । लगातारको झरीले जमिन भिजिसकेकाले पानी पर्न कम हुँदा पनि पहाडी क्षेत्रमा पहिरोको जोखिम भने उस्तै रहने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।
विशेषगरी भिरालो जमिनमा घर भएकाहरु र यात्रा गर्नेहरु चनाखो हुुनुपर्ने उहाँले बताउनुभयो । मनसुन सक्रिय नै रहेकाले आज पनि वाग्मती, गण्डकी, प्रदेश-१ र २ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएको २४ घण्टामा पोखरामा सबैभन्दा धेरै पानी परेको छ । अहिले पोखरा, नवलपरासी, नेपालगञ्ज, काठमाण्डौलगायत ठाउँमा पानी परिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।