इङ्ग्ल्यान्डसँगको चौथो टेस्टमा भारत विजयी

 भदौ २२, २०७८ मंगलबार ६:४४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्ल्यान्डसँगको चौथो टेस्टमा भारत १ सय ५७ रनले विजयी भएको छ । यो जितसँगै भारतले पाँच खेलको टेस्ट श्रृङ्खलामा २–१ को अग्रता लिएको छ ।

दी ओभलमा जितका लागि ३ सय ६८ रनको लक्ष्य पछ्याएको घरेलु टोली इङ्ग्ल्यान्ड पाँचौँ दिन २ सय १० रनमा अल आउट भयो । इङ्ग्ल्यान्डका ओपनर रोरी ब्रन्स र हसिब हमिदले अर्धशतकीय पारी खेले । हमिदले सर्वाधिक ६३ रनको योगदान दिए । त्यस्तै कप्तान जोय रुटले ३६ रन जोडे ।

इङ्ग्ल्यान्डका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका उमेश यादवले सर्वाधिक ३ विकेट लिए । जस्प्रित बुमराह, रविन्द्र जडेजा र शार्दुल ठाकुरले २/२ विकेट लिए । भारत दोस्रो पारीमा ४ सय ६६ रनमा अलआउट भएको थियो । भारतका ओपनर रोहित शर्माले सर्वाधिक १ सय २७ रनको शतकीय पारी खेले ।

इङ्ग्ल्यान्डका क्रिस बाेक्सले सर्वाधिक ३ विकेट लिए । ओली रोबिन्सन र मोइन अलीले २/२ विकेट लिए । पाँचौँ तथा अन्तिम खेल शुक्रवारदेखि सुरु हुनेछ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया