प्रकृति संरक्षण कोषलाई अनुकूलन कोषको नयाँ राष्ट्रिय कार्यान्वयन...
मंसिर ८, २०८१ शनिबार
काठमाडौं - शुक्रबारदेखि एकैसाथ देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रामकहानी’ काठमाडौंको गोपीकृष्ण हलमा भने नलाग्ने भएको छ । चलचित्र रिलिजको अन्तिम समयमा आएर हल सञ्चालकले धोका दिएका कारण गोपीकृष्णमा चलचित्र नलगाउने निर्णय गरिएको निर्देशक सुदर्शन थापाले बताए ।
‘खुला प्रतिस्पर्धा गर्न नसक्नेले मैदानमा सँगै लड्न सक्छु भनेर धाक किन देखाउनु ? हिम्मत भए खुल्ला प्रतिष्पर्धा गरेर देखाउन् हामी त्यसको सामना गर्न तयार छौ !’ निर्देशक थापाको भनाई छ ।
‘सुरुमा ठूलो हल कृष्ण मा ‘रामकहानी’लगाउने बताएको र अन्तिम समयमा आएर कृष्ण ‘रामकहानी’लाई नदिने, त्यसको साटो दुईसय दर्शक क्षमता भएको नमः मात्र दिने बताएपछि गोपीकृष्णमा ‘रामकहानी’ नलगाउने निर्णय गरिएको वितरक सुनिल मानन्धरले बताए ।
वितरक मानन्धरले भने, ‘कृष्णमा हामीलाई दिने बताएपछि हामीले पोस्टर समेत टाँसिसकेका थियौं । अन्तिम समयमा आएर कृष्ण नदिएर नमः दिने भएपछि हामीले चलचित्र नलगाउने निर्णय गरेका हौं ।’ गोपीकृष्णको सबैभन्दा ठूलो हल गोपीमा ‘रोज’लगाउने बताएकोे गोपीकृष्णले कृष्ण भने खाली नै राखेको वितरक मानन्धरको भनाइ छ ।
त्यसो त गोपीकृष्ण हलबाट यस्तो हर्कत भएको यो पहिलो भने हैन । केही समय पहिले प्रदर्शनमा आएका चलचित्रहरु गाजलु, कबड्डी जस्ता चलचित्रहरुले समेत गोपीकृष्णबाट यस्तै समस्या भोग्नु परेको थियो ।
आफ्नो चलचित्र प्रदर्शनमा रहँदा अन्य चलचित्रहरुलाई गोपीकृष्णले साना पर्दामा सीमित गर्दै त्यसको फाइदा लिने गरेको गुनासो छ ।
- गफगाफ डटकमसँगको सहकार्यमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।