देशी–विदेशी तत्त्वले नेकपा तीन टुक्रा भयो : एमाले नेता बादल

 मंसिर १०, २०७८ शुक्रबार १३:३८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको दशौँ महाधिवेशनमा शीर्ष नेताहरूले सम्बोधन गर्ने क्रम सुरु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता रामबहादुर थापा बादलले देशी विदेशी तत्त्वले नेकपालाई तीन टुक्रामा पारेको आरोप लगाउनुभएको छ ।

चितवनमा सुरु भएको एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उहाँले देशी, विदेशी तत्त्वले देशलाई फेरि अशान्तिमा धकेल्ने काम गरेको टिप्पणी गर्नुभयो । साथै कोरोना महामारीपछि अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति सहज र सामान्य नरहेको समेत बताउनुभएको छ ।

महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवालगायत पुगिसक्नुभएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया