काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
रुकुम – रोकिराखेको ट्याक्टर आफैं गुडेर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन् ।
बिहिबार राति मुसीकोट नगरपालिका–४ सोलावाङबाट गाराघाट जाँदै गरेको ट्याक्टर स्थानीय पानाखोला नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा बाँफिकोट गाउँपालिका–९ घर भइ मुसिकोट नगरपालिका–१ गाराघाट बस्ने २८ वर्षीय धनमाया देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा घाइते देवकोटाको उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
दुर्घटनामा मृतककी छोरी १३ वर्षीय मुना देवकोटा, मुसिकोट नगरपालिका–१३, की २४ वर्षीया कमला केसी र बाँफिकोट–९ की १६ वर्षीया ललिता ओली घाइते छन् ।
घाइते तीनै जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये मुना र ललिता गम्भीर रहेको जनाइएको छ ।
रोकिराखेको ट्याक्टर आफैं गुडेर २० मिटर तल पुगेको प्रत्यक्षदर्शीले जनाएका छन् । ट्याक्टर चालक स्थानीय पानाखोलामा आएको पानीको सतह हेर्न गएका बेला ट्याक्टर आफैं गुडेको बताईएको छ । ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।