कुनै पक्षलाई समर्थन गर्दिनँ : शशाङ्क कोइराला

 मंसिर २७, २०७८ सोमबार ११:२१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - १४ औँ महाधिवेशनमा सभापतिको दाबेदारीबाट पछि हटेका कांग्रेस नेता शशाङ्क कोइरालाले आफूले कुनै गुटलाई समर्थन नगरेको बताउनु भएको छ । मतदानस्थल भृकुटीमण्डपमा पत्रकारलाई प्रतिक्रिया दिँदै उहाँले अहिले आफू कसैको पक्षमा नरहेको बताउनु भएको हो ।

उहाँले आफूले कुनै एक गुटको भन्दा पनि पार्टी एक होस् भन्ने चाहना राखेको प्रतिक्रिया दिनु भएको छ । महाअधिवेशनमा गुट बन्नु स्वाभाविक भए पनि पार्टी एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको उहाँको भनाइ छ ।

संस्थापन इतर समूहबाट सभापतिमा दाबी गर्दै आएका शशाङ्कले साझा उम्मेदवार तय गर्न भन्दै आफू पछि हटेको बताउनु भएको थियो । तर सहमति नहुँदा संस्थापनइतर समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार बन्नु भएको छ भने रामचन्द्र पाैडेल सक्रिय राजनीतिबाटै अलग्गिनु भएको छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया