आज सखरखण्ड र पिँडालुको भाउ बढ्यो : तरुलको घट्यो

 माघ २, २०८१ बुधबार ९:५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज सखरखण्ड, पिँडालु, पालङ्गोको सागलगायतको भाउ बढेको छ ।

आजको मूल्यसूचीअनुसार सखरखण्डको भाउ किलोमा २० रुपैयाँले बढेर ८५ रुपैयाँ पुगेको छ । त्यस्तै पिँडालुको भाउ पनि आज किलोमा १० रुपैयाँले बढेर ९५ पुगेको छ । आज  पालङ्गो सागको भाउ किलोमा २० रुपैयाँले बढेर ७५ रुपैयाँ पुगेको छ ।

तर आज तरुल, बकुलालगायतको भाउ केही घटेको छ । आज तरुलको भाउ किलोमा १५ रुपैयाँले घटेर किलोको ९५ रुपैयाँमा झरेको छ । तरुलको भाउ माघे सङक्रान्तीको दिन हिजो किलोमा औषत एक सय १० रुपैयाँ रहेको थियो । त्यस्तै बकुलाको भाउ पनि आज किलोमा २० रुपैयाँले घटेर ५५ रुपैयाँमा झरेको छ ।

आज आलु रातो, सुकेको प्याज, तराईको काउली, लौकालगायतका तरकारीको भाउ भने यथावत् नै छ ।  
 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया