आशिका तामाङ स्वयम्भूबाट पक्राउ
माघ २, २०८१ बुधबार
भोजपुर – भोजपुरमा मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव शुरू भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला शुरू भएको हो ।
मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम यही माघ ५ गते आउने शनिवारसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्द्रीप्रसाद पाण्डेले उद्घाटन गदै देशको भाषा, संस्कार, संस्कृतिको विकास गरेर खुला सांस्कृतिक सङ्ग्रालयका रूपमा विकास गर्न सकिने बताउनुभयो । पर्यटनको मध्यमबाट आउँदा दिनमा हजारौं नागरिकलाई स्वरोजगार बनाउन सकिने उहाँको भनाइ छ ।
सरकारले देशका विभिन्न पदमार्गमा देश, विदेशका नागरिकलाई हिँडाउन चाहेको उहाँको भनाइ छ । पर्यटनको माध्यमबाट राज्यको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढाउन सकिने मन्त्री पाण्डले बताउनुभयो ।
मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका–४ को पर्यटकीय क्षेत्र चखेवा भञ्ज्याङमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखीलगायतको प्रदर्शनी राखिएको आयोजक चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।