खो–खो विश्वकपमा नेपाली महिला टाेलीकाे लगातार तेस्राे जीत
माघ २, २०८१ बुधबार
काठमाण्डाै – साउनदेखि मङ्सिरसम्मको ५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५ महिनामा देशभर १ हजार १ सय १६ वटा आगलागीका घटना भएकामा १६ जनाको ज्यान गएको हो । एक सय ४५ जना घाइते भएका नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायाको क्षति भएको छ । आगलागीबाट २९ परिवार विस्थापित भएका र झन्डै ५० करोड रुपैयाँ बराबर क्षति भएको प्रहरीको तथ्याङ्क छ ।
साउनदेखि मङ्सिरसम्म नेपालमा आगलागीको सामान्य जोखिम भएका महिना हुन् । विशेषगरी पुसदेखि जेठसम्म आगलागी र डढेलोका धेरै घटना हुने गरेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । हिजो मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।