रवि लामिछानेलाई ६० लाख धराैटीमा रिहा गर्न काठमाण्डाै जिल्ला ...
माघ २, २०८१ बुधबार
काठमाण्डाै – जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबसँगको खेलमा त्रिभुवन आर्मी क्लबले पहिलो पारीमा ३७ रनको अग्रता लिएको छ । खेलको दोस्रो दिन आर्मी खाना समयपछि १ सय ७० रनमा अलआउट भयो ।
आर्मीका भीम सार्कीले ५८, बसिर अहमदले ४०, सोमपाल कामीले ३२ रन बनाए । पुलिसका सागर ढकालले ५, कुशल भुर्तेलले ३ विकेट लिए । अहिले पुलिसले दोस्रो पारीको ब्याटिङ गरिरहेको छ । पुलिसले पहिलो पारीमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो ।
प्रतियोगितामा आर्मी, पुलिससहित बाग्मती र मधेश प्रदेश गरी चार वटा टोली सहभागी थिए । पुलिस शीर्ष स्थानमा र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । प्रतियोगितामा चार वटा टोलीले ३/३ खेल खेलेका थिए ।
पुलिसले ३ मध्ये २ मा जीत हात पारेको थियो भने एउटा खेल बराबरीमा टुङ्गिएको थियो । आर्मी ३ खेलमा एउटामा विजयी हुँदा २ वटा खेल बराबरीमा टुङ्गिएको थियो । बाग्मती र मधेश प्रदेशले एउटा खेल पनि जित्न सकेनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।