एमालेमा कार्य विभाजन : कसलाई के जिम्मेवारी ? (सूचीसहित)

 पुष २, २०७८ शुक्रबार १०:३६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्ज तोकेको हो ।

कार्य विभाजनअनुसार पार्टीको समग्र नेतृत्वमा केपी शर्मा ओली र नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ  । त्यसैगरी प्रदेश र पालिका संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष युवराज ज्ञवालीलाई र अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ ।

उपाध्यक्ष रामबहादुर थापा बादलले कुटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको संयोजन गर्ने, उपाध्यक्ष विष्णु पौडेलले साङ्गठानिक कामको अनुगमन गर्ने, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसदीय मामिला, र अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजकीय मामिलाको जिम्मा पाएका छन्  ।  त्यसैगरी महासचिव शङ्कर पोखरेलले पार्टीको साङ्गठानिक कामको संयोजन गर्ने जिम्मेवारी पाउनु भएको छ । यस्तै, उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभाग पाउँदा पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मा पाउनु भएको छ ।

अर्का उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन प्रमुख बनाइएको छ । सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख र अर्का सचिव लेखराज भट्टराईलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै, सचिव गोकर्ण विष्टले उर्जा, जलस्रोत तथा सिँचाइ विभाग र प्रगतिशील तथा पेसागत इन्जिनियर्स एसाेसिएशनको जिम्मेवारी पाउँदा अर्का सचिव योगेश भट्टराईले स्वास्थ्य तथा जनसङ्ख्या विभागको इञ्चार्ज र राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ तथा सम्बद्ध सङ्गठनहरुको जिम्मेवारी पाउनु भएको छ ।

स्थायी कमिटी सदस्य घनश्याम भुसालले भने अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ ।

सूची :

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया