भारतले अस्ट्रेलियालाई दियाे ५ सय ३४ रनकाे लक्ष्य, टेस्ट क्रिकेट...
मंसिर ९, २०८१ आइतबार
खोटाङ – खोटाङमा आप्रवासी श्रमिकहरुलाई सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण सम्बन्धी एकदिने अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक समस्यामा परेकाहरुलाई पहिचान गरी मनोसामाजिक परामर्शकर्तालाई भेटाउने र अरुलाई होच्याउने लान्छना, विभेद गर्ने जस्ता काम गर्ने विरुद्ध आवाज उठाउनेबारे कार्यक्रममा छलफल भएको छ ।
कार्यक्रममा वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई सीप सिकेर जान प्रेरित गर्ने विषयमा समेत जोड दिइएको छ । यस्तै गइ सकेकाहरुलाई कागजपत्रहरुको महत्वबारे जानकारी गराउने र वैदेशिक रोजगारसम्बन्धी मुद्दामाथि तत्काल कारबाही प्रक्रिया अगाडि बढाउने बारे पनि कार्यक्रममा छलफल भएको छ ।
बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरीरहेको सुरक्षितआप्रवासन परियोजना सामी अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममामा बालसेवा समाजका अध्यक्ष चन्द्रकला भुजेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई र नगरपालिकाभित्रबाट प्रतिनिधित्व गरी आएका २७ जना आमा समूहकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।