आर्मीलाई हराउँदै पुलिसको महिला टोली टाइगर कप भलिबलको इलिमि...
माघ १५, २०८१ मंगलबार
कास्की – गृहमन्त्री खाणले सबै दलको सहमतिमै अमेरिकी सहयाेगकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट पारित हुने विश्वास पनि व्यक्त गर्नुभएकाे छ ।
आज शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीहरू कुरा गर्दै उहाँले एमसीसी देश र जनताकै लागि भएको तर्क गर्दै त्यसमा असहमत हुने दलहरूलाई पनि सहमतिमा ल्याएर अघि बढाउने बताउनुभयो । उहाँले एमसीसी कुनै सैन्य गठबन्धनका लागि नभएको र अनुदानको रूपमा आएकोले त्याे रकमलाई सदुपयोग गरेर अघि बढाउनुपर्ने मान्यतामा सरकार दृढ रहेको दोहोर्याउनुभयाे ।
गृहमन्त्री खाणले भन्नुभयो, ‘एमसीसी कुनै सैन्य गठबन्धन हुँदै होइन । र यो नेपालको भौतिक विकासको लागि नै हो । जलस्रोतको धनी देश नेपालमा अहिले प्रस्तावित भएका, निर्माणाधीन रहेका जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन भइसकेपछि त्यो खपत गर्न, निर्यात गर्नका निम्ति पनि ट्रान्समिटर टावर चाहिन्छ नै । त्यसको व्यवस्थापन गर्नका लागि पनि थुप्रै स्रोत साधन चाहिन्छ । र त्यो विद्युतको ट्रान्समिटर व्यवस्थापन गर्दा सडक विस्तारका लागि नै यो परियोजना ल्याइएको हो । यो फेरि हामीले तिर्नुपर्ने रकम होइन, यो त अनुदान हो । अनुदानको रूपमा आउने यो रकमलाई नेपालीहरूले सदुपयोग गर्नुपर्छ । र यसलाई सदुपयोग गर्न सक्छौँ भन्ने हाम्रो विश्वास हो । त्यस कारणले यो अगाडि बढ्छ । यसमा सहमत नहुने साथीहरूलाई पनि हामीले बिस्तारै सहमत बनाउन सक्नुपर्छ भन्ने नै हाम्रो धारणा छ । मिलेर अघि बढाउने । यो देशकै लागि हो । सबै जनताकै लागि हो ।’
गृहमन्त्री खाणले एमसीसी सरकारले नै प्रस्तावित गरेको परियोजना भएको भन्दै यसलाई सबै दलहरूको सामूहिक प्रतिबद्धताबाटै अघि बढाउनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।