उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत १२ औँ चरणको अन्तिम खेलमा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबले सङ्कटा क्लबलाई तीन–एक गोलले हराएकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा आर्मीले सङ्कटाले लिएको अग्रतालाई उल्टाउँदै महत्त्वपूर्ण तीन अङ्क जोडेको हो । यससँगै आर्मीले यस संस्करणकाे लिगमा अपराजित यात्रालाई १ २औँ चरणको खेलमा निरन्तरता दिएको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सङ्कटाले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न असफल रह्याे । १५ औँ मिनेटमा उत्तम राईको गोलबाट अग्रता लिएको सङ्कटाले दोस्रो हाफमा तीन गोल खान पुगेको थियो । पहिलो हाफमा फितलो प्रदर्शन गरेको आर्मीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै अग्रता उल्टायाे ।
दोस्रो हाफमा आर्मीका लागि सन्तोष तामाङले ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा फर्काएका थिए । त्यसपछि लयमा फर्किएको आर्मीले ७४ औँ मिनेटमा अग्रता उल्टायो । जर्ज प्रिन्स कार्कीले टोलीका लागि दोस्रो गोल गरे । यस्तै खेल सकिन चार मिनेट बाँकी रहँदा टेकबहादुर बुढाथोकीले टोलीका लागि तेस्रो गोल थप्दै जित निश्चित बनाए ।
जितसँगै आर्मी अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १२ खेलबाट २२ अङ्क जोडेको आर्मीले न्युरोड टिम (एनआरटी) लाई दुई अङ्कले उछिनेको छ । पराजित सङ्कटा सातौँ स्थानमा यथावत् छ ।
याेसँगै लिगमा १२ औँ चरणका खेल पनि सकिएका छन् । लिगमा अब अन्तिम १३ औँ चरणका खेल आउँदाे बिहीवारदेखि हुनेछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार १३ औँ चरणका खेल दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्समा गरी दुई रङ्गशालामा हुनेछन् । अन्तिम चरण अन्तर्गत त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा चार र सातदोबाटोकाे एन्फा कम्प्लेक्समा तीन खेल हुनेछ ।
लिगको उपाधि मच्छिन्द्रले जितिसकेको छ । यस्तै च्यासल र ब्रिगेड 'बी' डिभिजनमा घटुवा भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।