रविको थुनछेक बहस आज पनि सकिएन, भोलि बिदा परेकाले पर्सिसम्मै...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – परराष्ट्र मन्त्री नारायण खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्वशान्ति खलबल्याउने बताउनुभएकाे छ । आज साेमवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उहाँले ठूला र साना देशको सम्बन्ध पनि खलबलिने भएकाले नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर त्यस सम्बन्धमा वक्तव्य निकालेको बताउनुभयाे ।
युक्रेनको पक्षमा नेपाल सरकारले वक्तव्य निकालेको प्रचार भइरहेका बेला मन्त्री खड्काले देशकाे परराष्ट्र नीति, सबै राष्ट्रहरूको सार्वभौमिकता र संयुक्त राष्ट्र सङ्घको वडापत्रको समेत सम्मान गर्दै नेपाल सरकारले त्याे सम्बन्धमा वक्तव्य निकालेकाे स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि भएकाे हमलाले विश्वशान्ति खलबलियाे । संयुक्त राष्ट्र सङ्घको बडापत्रअनुसार एउटा सदस्य राष्ट्र भएकाले हामीले सार्वभौमिकताको सम्मान हुनुपर्छ भन्ने हिसाबले अन्तर्राष्ट्रिय कानुनलाई समेत सम्मान गर्दै वक्तव्य निकालेका हाैँ ।’
यसैबीच मन्त्री खड्काले विभिन्न देशमा रिक्त रहेका राजदूतहरूको नियुक्ति छिटोभन्दा छिटो हुने बताउनुभयो । उहाँले एमसीसी वा सत्ता गठबन्धनका कारण राजदूत नियुक्तिमा ढिलाइ भएको बताउँदै अब त्यसो नहुने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री खड्काले संयुक्त राष्ट्र सङ्घको सम्बन्धलाई अझ सुदृढ बनाएको, पाँच सय ३३ जना नेपालीलाई युक्रेनबाट अन्य देशमा पठाएको, नेपालले पनि विपत्तिमा परेका बेला अन्य राष्ट्रहरूलाई सहयोग गर्न सक्छ भन्ने उदाहरण अफगानिस्तानमा राहत सामग्री पठाएर पुष्टि गरेको लगायतका काम आफ्नो कार्यकालमा भएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।