भुवनकी पूर्वपत्नीले गरिन् टिकाटालो, भुवन र अनमोलको पनि सहमति

 भदौ २९, २०७५ शुक्रबार १६:१६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सुपरस्टार अभिनेता भुवन केसीकी पूर्वपत्नी एवं स्टार नायक अनमोल केसीकी आमा सुस्मिता बम्जन (केसी) ले अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छन् । 

गत सेप्टेम्बरमा ९मा भारतमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग उनको टिकाटालो भएको हो । पारिवारिक सहमतिमा नै उनले यो निर्णय लिएको बुझिएको छ । 

यस निर्णयमा भुवन केसी तथा उनका पुत्र अनमोलकोसमेत सहमति रहेको बताइएको छ । सुस्मिताले किलन स्वामीसँग विवाह भने २०७६ सालको भ्यालेन्टाइन डे मा गर्ने तायरी गरेकी छिन् । 

अष्ट्रेलियामा बसोबास गर्दै आएका  स्वामी  धनाढ्य व्यापारी भएको बुझिएको छ ।  अभिनेता भुवन केसीसँग डिभोर्स लिएपछि सुस्मिता एक्लै बस्दै आइरहेकी थिइन् । 

दुइवर्ष अगाडि उनले निर्माण गरेको फिल्म ‘म त तिम्रै हुँ’ प्रदर्शनमा आएको थियो । तर उनको चलचित्रलाई दर्शकले रुचाउन सकेनन् । भुवन र सुस्मिताको डिभोर्स सन् २००१ मा भएको थियो । 

सुस्मिताले भुवनसँग ‘नेपालीबाबु’, ‘करोडपति’, ‘सुपरस्टार’ लगायतका चलचित्रहरुमा सँगै काम गरेकी थिइन् । 

उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया