नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – हिजो बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने ३५ सय रुपैयाँले घटेको छ । हिजो तोलामा २५ सय रुपैयाँले बढेर एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको सुनको भाउ आज ३५ सय रुपैयाँले घटेर एक लाख २ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
रुस-युक्रेन युद्धको असर सुन बजारमा पनि परेको छ । युद्धको असर अझै पनि सुनमा पर्ने सम्भावना रहेकाले भाउ बढ्न सक्ने अनुमान गरिएको छ । तर, अन्तर्राष्ट्रिय बजार मूल्यमा नै भर पर्नु पर्ने अवस्था रहेकाले भाउ बारे यसै भन्न नसकिने महासंघमा पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।