नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
रोल्पा – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशका सबै भौगोलिक क्षेत्रमा सम्भावनाको खोजी गर्दै स्थानीयस्तरमै उद्यमशीलताको विकास अपरिहार्य रहेको बताउनुभएको छ । उद्यमशीलता विकास र प्रवर्द्धनका लागि परम्परागत नीतिमा परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै ढकालले परम्परागत कानुन नै उद्यमशीलता विकासमा अवरोधका रूपमा रहेको धारणा राख्नुभयो ।
रोल्पा उद्योग वाणिज्य सङ्घको १८ औँ वार्षिक साधारण सभा तथा नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रमलाई आज शुक्रवार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘निजी क्षेत्रको विकास रोक्ने कानुन परिमार्जन हुनु जरुरी छ ।’ अर्थ मन्त्री जनार्दन शर्मासमेत उपस्थित रहनुभएको कार्यक्रममा ढकालले उद्यमशीलता विकाससँगै रोजगारी सिर्जना र साधन स्रोतको उपयोगका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औँल्यााउनुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगर उद्योग वाणिज्य सङ्घलाई चुनावका बेलामा मात्र सम्झने, भ्रमण गर्ने र चुनाव जितिसकेर बिर्सने प्रवृत्तिबाट आफू मुक्त हुन चाहेको बताउनुभयो । उहाँले रोल्पाका व्यवसायीहरूले जिल्लामै रोजगारी बढाउने, स्थानीय साधन–स्रोतको उपयोग गर्ने खालका व्यवसाय अघि बढाएमा आफूले निजी क्षेत्रको नेतृत्वका तर्फबाट मात्र नभइ आईएमई समूहको अध्यक्ष एवम् ग्लोबल आईएमई बैंकको अध्यक्षका रूपमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।
‘हरेक प्रदेशमा कुनै न कुनै व्यवसायमा लगानी गर्ने हाम्रो योजनाअनुसार अहिले पोखरा, गैँडाकोट, बुटवल, कर्णाली लगायतका क्षेत्रमा केबलकारलगायतका व्यावसायिक परियोजना अघि बढिरहेका छन्’, उहाँले भन्नुभयो, ‘रोजगारी सिर्जना गर्ने, स्रोत–साधनको उपयोग गर्ने कुनै व्यावसायिक योजना छन् र त्यसका लागि पुँजी पर्याप्तता नभएमा हामी सहकार्य गर्न तयार छौँ ।’
ढकालले रोल्पा उद्योग वाणिज्य सङ्घको निवर्तमान कार्यसमितिलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिनुभएको थियो । सङ्घसँग सहकार्य गर्दै आर्थिक क्षेत्रको विकासमा लागिरहने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।