१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेस भएको छ । आज आइतवारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेस गर्नुभएको हो । प्रस्तावमाथि आउँदो चैत २ गतेदेखि संसदमा छलफल सुरु हुनेछ ।
महाअभियोग प्रस्ताव पेस गर्दै गुरुङले कात्तिकदेखि माघसम्म प्रधानन्यायाधीशकै कारण सर्वोच्च अदालत ठप्पजस्तै भएको, भ्रष्टाचार बढेको गुनासो आएको र पटक–पटक सर्वोच्च अदालतको न्याय सम्पादनमा शुद्धीकरणकाे आवाज उठे पनि त्यसाे हुन नसकेको उल्लेख गर्नुभयो ।
यस्तै प्रधानन्यायाधीश जबराकै कारण अदालतप्रति नागरिकको भरोसा घट्दै जान थालेको, संविधानले दिएको क्षेत्राधिकारभित्र रहेर राणाले जिम्मेवारी पूरा गर्न नसकेको, कार्यक्षमता र आचरणको अभाव देखिएका विषय पनि महाअभियोग प्रस्तावमा उल्लेख छन् ।
जबराले क्षेत्राधिकार र नैतिकता बिर्सेर कार्यपालिकामा समेत भाग खोजेको आरोप पनि प्रस्तावमा उल्लेख छ । जबराविरुद्ध यही फागुन १ गते सत्ता गठबन्धनका ९५ जना सांसदले संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । यस्तै फागुन २२ गते नेकपा एमालेका सांसदसमेत रहेका महाअभियाेग सिफारिस समिति गठन भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।