एकीकृत समाजवादीका १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ हुने

 फागुन २९, २०७८ आइतबार १७:२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीका १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चैत २० गते पूर्ण सुनुवाइ गर्ने भएको छ । 

मुद्दाको लिखित जवाफ आइसकेको भन्दै सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले चैत २० गते मुद्दाको पूर्ण तथा अन्तिम सुनुवाइका लागि आदेश दिएको हो । ‘यसमा लिखित जवाफ परिसकेको देखिएको र निवेदकबाट उठाइएका संवैधानिक तथा कानुनी प्रश्नहरूको निरूपण छिटोछरितो रूपमा पूर्ण सुनुवाइको सन्दर्भमा हुनु मनासिव देखिएको हुँदा चैत २० गते आइतवारकाे पेसी तोकी पूर्ण सुनुवाइका लागि नियमअनुसार गरी पेस गर्नू’, आदेशमा भनिएको छ । 

पार्टीभित्र विवाद बढ्दै गएपछि नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जनालाई सांसदबाट निष्कासन गरेको थियो तर सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना टाँस नगरेको र निर्वाचन आयोगले पनि एमालेले हटाएका सांसदलाई मान्यता दिएर नयाँ दल दर्ता गरेको भन्दै उसले सर्वोच्चमा मुद्दा दिएको थियो । 

यस्तै लुम्बिनीका सांसदहरू विमला खत्री वली र अजय शाहीमाथि एमालेले गरेको कारबाहीअनुसार सूचना टाँस गरिनुपर्ने लगायतका विषयको मुद्दा पनि सर्वोच्चमा रहेको छ । 

कारबाही गरेर सांसद पदबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरेको भन्दै एमालेले गएको भदौदेखि संसद् अवरोध गर्दै आएको छ । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया