साउदी राजकुमार स्वदेश फिर्ता

 चैत १, २०७८ मंगलबार १९:५१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दुई दिने नेपाल भ्रमणमा आउनुभएका साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद स्वदेश फर्किनुभएकाे छ । श्रीलङ्काबाट निजी विमानमा हिजाे सोमवार बेलुकी नेपाल आउनुभएका साउदी राजकुमार आज बङ्गलादेशको ढाकातर्फ प्रस्थान गर्नुभएकाे हाे । 

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालमा रहेकाे साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । 

यसअघि साउदी कुमार र नेपालका समकक्षी डा. नारायण खड्काबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो । दुई परराष्ट्र मन्त्रीले सहयोगात्मक द्विपक्षीय सम्बन्धका विविध क्षेत्रका बारेमा छलफल गर्दै वैदेशिक रोजगारी, नेपाली आप्रवासी कामदारको हित, हजयात्रीको सङ्ख्या वृद्धि, सम्बन्ध सुदृढीकरणलगायत पारस्परिक लाभका क्षेत्रमा सहयोगका सम्भावनाहरू  खोजिनुपर्नेमा जोड दिनुभएको थियो । आर्थिक साझेदारीका साथै बहुपक्षीय मञ्चहरूमा सहयोग आदानप्रदान गर्न उहाँहरूबीच सहमति भएको छ । 

साउदी राजकुमारले नेपाल भ्रमणमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट पनि गर्नुभयाे । 

तस्बिर : रासस

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया