मोबाइल डाटा सबैभन्दा सस्तो बनाउँदै एनसेलले ल्यायाे गज्जबको नयाँ दैनिक जीबी प्याकहरू

 चैत २, २०७८ बुधबार २०:२९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डाटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डाटा प्याकहरू ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डाटा प्याक अन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।

ग्राहकले अब करसहित एक सय २९ रुपैयाँमा सात जीबी अलटाइम डाटा प्याकको फाइदा लिँदै प्रतिदिन सात दिनसम्म एक जीबी डाटा प्रयोग गर्न सक्छन् । त्यसैगरी १४ जीबी अलटाइम डाटा प्याक एक सय ९९ रुपैयाँमा लिएर सात दिनसम्म दैनिक दुई जीबी डाटा प्रयोग गर्न सक्छन् ।

यी दुई दैनिक जीबी डाटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै सञ्चालनमा रहेका डाटा प्याकहरूमा डाटा भोल्युम पनि बढाएको छ । यसअन्तर्गत ग्राहकहरूले पहिलेकै मूल्यमा थप भोल्युम सहितको डाटा प्याकबाट फाइदा लिन सक्छन् । भोल्युम बढाइएको डाटा प्याक अन्तर्गत ग्राहकले एक सय ६९ रुपैयाँमा १० दशमलव ५ जीबी डाटा खरिद गरी दैनिक १ दशमलव ५ जीबी डाटा सात दिनसम्म प्रयोग गर्न सक्छन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक एक जीबीका दरले सात दिनसम्म सात जीबी डाटा पाइरहेका थिए ।

अलि धेरै डाटा भोल्युम चाहिने ग्राहकले अब दुई सय ६९ रुपैयाँमा २१ जीबी डाटा हरेक दिन तीन जीबीका दरले सात दिनसम्म प्रयोग गर्न सक्छन् । यसअघि ग्राहकले यही  मूल्यमा १४ जीबी डाटा हरेक दिन दुई जीबीका दरले सात दिनसम्म पाइरहेका थिए । त्यसैगरी एनसेलका ग्राहकले अब पाँच सय ९९ रुपैयाँमा ४२ जीबी डाटाको फाइदा लिन सक्छन् जसअन्तर्गत ग्राहकले हरेक दिन २८ दिनसम्म १ दशमलव ५ जीबी डाटा प्रयोग गर्न सक्छन् । 

यी नयाँ तथा परिमार्जित प्याकहरू आज बुधवार (चैत २० गते) देखि सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले *१७१२३*१# डायल गरी प्राप्त निर्देशनअनुसार सेवा सुरु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत पनि यी प्याकहरू खरिद गर्न सक्छन् । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Nishan

    March 18, 2022, 6:14 p.m.

    धेरै राम्रो /

  •  0 Reply

तपाईको प्रतिक्रिया